Tag Archives: featured

कुमारी बैंकको १०% बोनस सेयर घोषणा

काठमाडौं । कुमारी बैंकले १०% बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र …

पुरा पढ्नुहॊस »

विद्युतीय कारमा ग्राहकको आकर्षण

काठमाण्डौ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ । केही बैंकहरुले विद्युतीय कारका लागि सस्तो ब्याजदरमा कर्जा घोषणा गरेका छन् । त्यसैले विद्युतीय कारमा ग्राहकको आकर्षण बढेको छ । यसअघि नै बजारमा बिक्री भैरहेका महिन्द्राको ईटूओ र इभेरिटो, कियाको सोल ईभीसहित यसपटकको अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ । शोमा सिप्रदी ट्रेडिङले पहिलोपटक टाटाको विद्युतीय गाडी राखेको छ। एकपटक चार्ज गर्न ३ …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा महाराजगंजमा

काठमाडौं । ज्योति विकास बैंकले नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याएको छ । उक्त बैंकको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरे ।उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा.. रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिए । हाल  बैंकको नयाँशाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘बैंक अफ कोरिया नलेज पार्टनरसिप प्रोग्राम’ कार्यक्रम सन्चाल गर्ने समझदारी भएको छ । मंगलबार काठमाडौंमा भएको यससम्बन्धी समझदारीमा राष्ट्र बैंकका तर्फबाट निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका तर्फबाट उपमहानिर्देशक जी यङ जुङले हस्ताक्षर गरे । यस कार्यक्रमअन्तर्गत् बैंक अफ कोरियाको टोलीले नेपालको वित्तीय समावेशीकरण, साक्षरतालगायतका विषयमा अध्ययन, अनुसन्धान गरी राष्ट्र बैंकलाई नीतिगत सुझाव दिने जनाइएको छ …

पुरा पढ्नुहॊस »

‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएन

काठमाडाैँ । करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएको छैन । राष्ट्र बैंकले छाया बैकिङबारे स्पष्ट स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पुरा हुन नसकेको हो । गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो । ‘अध्ययन त गरियो तर चाहेको चिज आउन सकेन,’ सोतले भन्यो, …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

काठमाडौं । ज्योति विकास बैंकले भदौ १० गते मगंलबारको दिन काठमाण्डौको महाराजगंजमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको छ। पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकको नयाँ शाखाको उद्घाटन गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा नं ३ का वडाध्यक्ष दिपक केसी, ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा कैलाली र कञ्चनपुरमा बिमा जागरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही भाद्र ९ गते कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बिमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो …

पुरा पढ्नुहॊस »

नाडा अटो शोमा ससाङयोङको नयाँ गाडी प्रर्दशनीमा, मुल्य ७३ लाख ९९ हजार

काठमाडौँ ।  कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी साङयोङ मोटर्सले नाडा अटो शोमा आफ्नो सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं H १४ प्रदर्शन गरिएको छ । कम्पनीले अधिकत्तम छुटका साथमा विभिन्न अाकर्षक अफरहरु ल्याएकाे जानकारी दिएकाे छ । यसका प्रमुख अफरहरु बाहेक ससाङयोङ मोटर्सले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँचवर्षको निःशुल्क सर्भिसिङ्ग, तीनवर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र रु. …

पुरा पढ्नुहॊस »

एन आई सी एशियाको सुपर चमत्कारिक बचत निक्षेप योजना

काठमाडौँ । एनआईसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । नयाँ ‘सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे । सम्झौता अनुसार सांग्रिला बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्बाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds