Tag Archives: featured

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौँले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । नयाँ चीन स्थापना भएपछि गरिबी निवारणमा पाएको सफलता र अनुभव नेपालले …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकले असोज २३ देखि २० लाख कित्ता ऋणपत्र बेच्ने

काठमाडाैँ । लक्ष्मी बैंकले असोज २३ गतेदेखि २० लाख कित्ता ऋणपत्र (डिबेञ्चर)को बिक्री  गर्ने भएको छ । कूल १० वर्ष अवधिको तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेञ्चर रु १०००  अंकित मूल्यका २० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब मध्ये ८ लाख कित्ता अर्थात ८० करोड ऋण पूँजी रकम ) ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक …

पुरा पढ्नुहॊस »

सप्तरीको मुसहर बस्तीमा ५२ घर बनाउन जनता बैंकको सहयोग

काठमाडौं– बि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलका महाप्रबन्धक  सुधिर राजभण्डारी लाई हस्तान्तरण गरे । बि.सं. २०७४ श्रावण महिनामा …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको विस्तारित काउण्टर उच्च अदालत पाटनमा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरेका छन् । उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको १२औं वार्षिकोत्सवमा सरसफाई कार्यक्रम

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावाश्वती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरिएको हो । बै‌ँकले असोज महिनालाई १२ औं वार्षिक उत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

पुरा पढ्नुहॊस »

पूर्वाधार विकासमा विश्व बैंकले दिने भयाे ५६ करोड

काठमाडाैँ । बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिएका छन् । आयोजनासँग सम्झौता भएर कार्यक्रम कार्यान्वयनमा आउँदा बागलुङ नगरपालिकाले ५६ करोड रुपैयाँ बजेट पाउने छ । नगरको जनसङ्ख्या, बजेट, भूगोर …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस र बेलायतको ईजेड रेमिटबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौँ । बेलायतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी ईजेड रेमिट(बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । कुवेत, बहराईन, मलेसिया, भारत, बेलायत लगायत विश्वभरी रहेको ईजेड रेमिट(बीएफसी बैंक) को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुर नगरपालिकाको हेलौंछामा

भोजपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा यहि असोज ७ गतेबाट १०२ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घघाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मकवानपुर जिल्ला प्रशासन कार्यालयमा

काठमाडौँ । प्रभु बैंकले  हेटौँडा उप-महानगरपालिका स्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।हेटौँडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहकाबीच उद्घाट्न गरेका हुन् ।   जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने जनाइएको छ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds