काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच बैंकका NEPALPAY मर्चेन्टहरुका QR मा Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तर्देशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR को मर्चेन्ट QR मा Alipay+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
Alipay+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी acquiring network इसुइङ्ग उपकरण, ३०० भन्दा बढी acquiring network, ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तर्देशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले Alipay+ सँग International Payment Partner का रुपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरूप अब सिटिजन्स बैंक इन्टरनेशनलसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको बैंकले जनाएको छ । बैंकका अनुसार नेशनल पेमेन्ट स्विच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वाधार हो । हाल को नेटवर्क मा ८५०,००० भन्दा बढी (Interoperable QR समेतका ) मर्चेन्टहरु आबद्ध रहेका छन् ।
प्रतिकृया दिनुहॊस