बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा बन्द भएको हो ।

बुधबार ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये १४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थिर छ । बुधबार ७ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ । कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड NEV उत्पादन

काठमाडौँ । बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोड (NEV) गाडी सियाओमो उत्पादन केन्द्रको …

प्रतिकृया दिनुहॊस