काठमाडौँ । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ ।
एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।
ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।
जेइको जेसिक्स नेपालकै पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभि भएको कम्पनीले जनाएको छ । जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभिहरूभन्दा छुट्टै स्तरमा रहेको कम्पनीले जनाएको छ ।
यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ–रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।
ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध छ । जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो–रेन्जको इलेक्ट्रिक एसयुभिहरूको लाइनअपमा थपिएको नयाँ एसयुभि हो । नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल को। लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो ।
प्रतिकृया दिनुहॊस