काठमाडौँ । बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोड (NEV) गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झे । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।
१ करोड नयाँ ऊर्जा सवारीसाधन (NEV) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ । कम्पनीले पहिलो ५० लाख उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (NEV) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।
प्रतिकृया दिनुहॊस