माछापुच्छ्रे बैंककाे संचालक पदमा हरिभक्त सिग्देल नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारणसभा सम्मको लागि नियुक्त गरेको छ । नवनियुक्त संचालक  हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री