Tag Archives: featured

विश्‍व बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने

काठमाडौं । नेपालीको बहुपक्षीय विकास साझेदार विश्‍व बैंकले नेपाली शिक्षा र स्वास्थ्य क्षेत्रमा लगनाी बढाउने प्रतिवद्धता जनाएको छ। मंगलबारदेखि नेपाल भ्रमणमा आएका बैंकका कार्यकारी निर्देशकहरूले अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता जनाएको विश्व बै्कले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। नेपाल भ्रमणमा रहेका निर्देशकहरूले संघीयतालाई सहयोग गर्ने तथा आर्थिक सहायता बढाउने जनाएका छन्। विश्व बैंकले नेपालमा सहयोग गरेको ५० वर्ष पुगेको अवसरमा नेपाल आएको …

पुरा पढ्नुहॊस »

सनराईज बैंकको बोनस सेयर वितरण योजना

काठमाडौं । सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ । सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ । २०६४ साल आश्विन २५ गते स्थापना …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले शुरु गर्‍यो हिमालय क्यापिटल लिमिटेड

काठमाडौं । आजदेखि हिमालयन बैंकले आफ्नो सहायक कम्पनी हिमालय क्यापिटल लिमिटेड शुरुवात गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले आफ्नो पूर्ण स्वामित्वको कम्पनी हिमालयन क्यापिटल लिमिटेड रिभन काटेर उद्घाटन गरेको हो । सहायक कम्पनी उद्घाटन गर्दै बैंकले नेपालको सेयर बजारमा सकारात्म भूमिका खेल्न र सेयर बजारको गति बढाउन मर्चेन्ट बैंकिङ्ग कारोबारमा हिमालय क्यापिटल लिमिटेड ल्याएको बताएको छ ।  क्यापिटल लिमिटेडको उद्घाटन घोषणा गर्दै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले हिमालयन …

पुरा पढ्नुहॊस »

तेजाब प्रहार गरी फरार भारतीय नागरिक ७ वर्षपछि पक्राउ

काठमाडौं । अनुहारमा तेजाब प्रहार गरी फरार रहेका  अभियुक्त दीलिपराज केशरी ७ वर्षपछि पक्राउ परेका छन्।  केशरीले वि.सं.२०७० साल बैशाख ९ गते पीडित विन्दावासिनी कंशाकारलाई आफूसँग विवाह गर्न आग्रह गरेको थिए । तर कंशाकारले आफ्नो सो प्रस्ताव अस्वीकार गरेपछि हेटौंडा पिपलबोट चोकमा पसल सञ्चालन गर्दै आएका भारत महाराजगञ्ज, अमरपूर्वन वडा नम्बर ६का केशरीले तेजाव प्रहार गरी फरार भएका थिए । घटनापछि केशरी भारतको गुडगाऊमा लुकेर बस्दै आएका थिए । प्रहरीले सूचनाका …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकको प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ५.८० प्रतिशत नगद(बोनस सेयर र कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकको चुक्तापुँजी दुई अर्ब ७८ करोड ८३ लाख ६७ हजार नौ सय ९६ रुपैयाँ ७८ पैसा छ । यसको १६.१५ प्रतिशतले हुन आउने ४५ करोड तीन लाख २१ हजार चार …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको एकैदिन चार नयाँ शाखा

काठमाडौं ।  सिद्धार्थ बैंकले एकैदिन चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो । बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७१ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । यसका साथै बैंकले १ सय एक शाखारहित बैंकिङ्ग सेवा, १ सय ८७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा दिंदै आएको छ …

पुरा पढ्नुहॊस »

महराको थुनछेक बहस आज हुँदै

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराको थुनछेक वहसको  प्रक्रिया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावले थुनछेक बहस हुन सकेको थिएन । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार जिल्ला अदालत काठमाडौँको इजलासमा सुरुमा महराको बयान लिइनेछ भने त्यसपछि बादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस हुनेछ । बहस सकिएपछि अदालतबाट महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने वा के …

पुरा पढ्नुहॊस »

मेगा बैंकको लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर सञ्चालनमा

काठमाडौं। मेगा बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्टमा रिसोर्स सेन्टरसञ्चालनमा ल्याएको छ। बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा  डेभलपमेन्ट सेन्टरको उद्घाटन गरेका छन्। मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अभैm प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंक र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »