पूर्वसभामुख महरालाई आज अदालत लगिँदै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । अदालत उपस्थित गराइएसंगै उनको आजबाट थुनछेक बहस सुरू हुनेछ ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ । काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको हुनाले आज अदालत उपस्थित गराउन लागिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री