Tag Archives: featured

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण दिने

काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका  स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न  सकिने …

पुरा पढ्नुहॊस »

अपरेशन गर्दा टाउकोमा चोट लागेका नवजात शिशुको मृत्यु

गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जानकारी दिएकाे छ । टाउकाे काटिएपछि तीनवटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको वताइएकाे छ। सुत्केरी आमाको अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन

काठमाडौं । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले वताएकाे छ । राणा लामो समयदेखि मुटु रोगबाट पीडित थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए । व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्थे । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।

पुरा पढ्नुहॊस »

सिभिल क्यापिटल मार्केटको ११औं साधारण सभा कात्तिक २२ गते

काठमाडौं । सिभिल क्यापिटल मार्केटको एघारौं साधारण सभा कात्तिक २२ गते हुने भएको छ । कम्पनीले सिटीसी मल, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक

काठमाडाैं । बुधबारदेखि लागु हुने गरी बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ भने बचत ४ देखि ६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले तीन महिनादेखि ६ महिना अवधिसम्मकाे संस्थागत निक्षेपमा ७.५० प्रतिशत, ६ महिनादेखि १वर्षकाे निक्षेपमा ८ प्रतिशत, १ वर्ष भन्दा माथिकाे निक्षेपलाई ८.५० प्रतिशत ब्याजदर तोकेको छ । आधारदर ६ प्रतिशत …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकलाई थाइल्याण्डको समितिभेज हस्पिटलमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र थाइल्याण्डको समितिभेज हस्पिटल बीच बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेसको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

सानिमा बैंक एजीएमः १० प्रतिशत वोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले आश्विन २९ गते बुधबारका दिन १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा रु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ …

पुरा पढ्नुहॊस »

ओपोको रेनोटू एफ सार्वजनिक, मुल्य ४६ हजार ९ सय

  ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ। रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो। प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको कम्पनीले वताएको छ। ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना) लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले  हस्ताक्षर गरे। सम्झौतामा एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% …

पुरा पढ्नुहॊस »

एनआरएनलाई ढकालले भने–वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई आज नेपालका एकजना उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दै उनँले भने–सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको छ, तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक …

पुरा पढ्नुहॊस »