एजेन्सी । अमेरिकाकी एक महिला सांसदले नग्न तस्वीर सार्वजनिक भएपछि राजीनामा दिएकी छन् ।
क्यालिफोर्नियाकी बाइसेक्सुअल नेत्री केटी हिलले संसद् सचिवालयका एक पुरुष सहयोगीसँग अफेयर चलाएको र चुनावी अभियानमा सक्रिय एक महिलासँग पनि उनले सम्बन्ध राखेको बताइएको छ ।
केटी हाउस एथिक्स कमिटीको सोधपुछमा पनि परेकी छन् । न्युड तस्वीर सार्वजनिक भएपछि केटीले डर लागेको बताएकी छन् ।
उनले आइतवार संसदबाट राजीनामा दिएको घोषणा गरिन् । उनले गत वर्षको नोभेम्बर महिनामा मात्र चुनाव जितेकी थिइन् ।
केटीले चुनावी अभियानकी कर्मचारीसँगको अनुचित सम्बन्धलाई स्वीकार गरेको बताइएको छ । तर उनले पुरुष सहयोगीसँग चाहिँ सम्बन्ध नबनाएको बताएकी छन् ।
तपाईंको प्रतिकृया




