माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप भएको छ ।

सहकारी पीडितहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै पाउनु पर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री