काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नं.२० स्थित कुमारीपाटीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकको एक सयऔंं शाखा कार्यालय स्थापना गरी कारोबारको शुरुवात गरेका हो । बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
बैंकले देशका विभिन्न भागहरुमा एक सयवटा शाखा तथा ४९ बटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै, एविविएस्, लेटेस्ट इन्टरनेट व्याकिङ्ग एण्ड मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको र समय सापेक्ष सेवाहरु थप गर्दै जाने बैंकले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




