काठमाडौं । आज माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर ७:१६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव हुने भएकाले चन्द्रग्रहण पूर्णिमा मात्र लाग्ने गर्दछ । चन्द्रममा आफ्नो प्रकाश छैन । सूर्यको प्रकाशले नै चन्द्रमा उज्यालो भएको हो । प्रकाश परावर्तन गर्ने शक्ति चन्द्रमामा भएकाले सूर्यको प्रकाश पर्दा …
पुरा पढ्नुहॊस »सिएफएल प्रकरणः इटहरी उपमहानगरका लेखा शाखा प्रमुख हटाइए
इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन । मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए । दशक बढी समयसम्म लेखा शाखामा रहेका चौधरी यस अगाडिका विभिन्न खरिद प्रकरणमा पनि विवादमा आएका थिए । सिफएल खरिदमा अनियमतिता भएको …
पुरा पढ्नुहॊस »शहीद दिवस
काठमाडौं । आज शहीद दिवस देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । वि.सं. २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित …
पुरा पढ्नुहॊस »गाडी सुविधा नदिएको भन्दै माइन्युट च्यातिन् उपमेयरले
जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरेकी छिन् । उनले धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको आरोप पनि लगाइन् ।
पुरा पढ्नुहॊस »रौतहटको राजपुरमा गोली चल्यो,एक जना घाइते
काठमाडौं। रौतहटमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ ।घाइते फुल्लाहको जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »शौचालयको बानी लगाउन प्रहरी परिचालन
रौतहट। शौचालय निर्माण गर्न र शौचालय भएकाहरु शौचालयमा शौच गर्न नमानेपछि रौतहटको कटहरीया नगरपालिकामा शौचालय बनाउन र प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ । खुला दिसामुक्त गर्ने उद्देश्यलाई बाधा पूर्याउनेले निर्माण गरिएको शौचालय छाडेर खुला रूपमै दिसापिसाब गर्न थालेपछि नगरपालिकाको विभिन्न गाउँहरुमा प्रहरी परिचालन गर्नु परेको नगर प्रमुख सियाराम कुशवाहा बताउँछन् । वर्षांैदेखि खुला चउर, खोला खोल्सीको किनार र नजिकैको जगंलमा दिसापिसाब गर्दै आएका सो नगरपालिकाको केहि वडाहरुमा प्रहरी परिचालन …
पुरा पढ्नुहॊस »मिनभवनमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्की छन् ।कार्कीलाई बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको थियो ।
पुरा पढ्नुहॊस »राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चार प्रकारका अाठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले अलग-अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुन्नेछन् …
पुरा पढ्नुहॊस »फूलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता
काठमाडौं ।हाइकिङका लागि फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएनन् । अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका छन्। उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएपनि उनलाई भेटिएको छैन ।विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा प्रहरीले लिएको छ । गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएका थिए । फूलचोकी पुगेर फर्किने क्रममा …
पुरा पढ्नुहॊस »जेलबाट भागेका ‘टिके’ पक्राउ, प्रहरीको जवाफी कारबाहीमा दुई गोली लाग्यो
चितवन। डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापा पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ उनी आफैं घाइते भएका छन् । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनलाई स्थानीय अस्पतालमा समान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको …
पुरा पढ्नुहॊस »