शौचालयको बानी लगाउन प्रहरी परिचालन

रौतहट। शौचालय निर्माण गर्न र शौचालय भएकाहरु शौचालयमा शौच गर्न नमानेपछि रौतहटको कटहरीया नगरपालिकामा शौचालय बनाउन र प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ ।

खुला दिसामुक्त गर्ने उद्देश्यलाई बाधा पूर्याउनेले निर्माण गरिएको शौचालय छाडेर खुला रूपमै दिसापिसाब गर्न थालेपछि नगरपालिकाको विभिन्न गाउँहरुमा प्रहरी परिचालन गर्नु परेको नगर प्रमुख सियाराम कुशवाहा बताउँछन् ।

वर्षांैदेखि खुला चउर, खोला खोल्सीको किनार र नजिकैको जगंलमा दिसापिसाब गर्दै आएका सो नगरपालिकाको केहि वडाहरुमा प्रहरी परिचालन गरिएको खुला दिसामुक्त कार्यक्रमका विजय बानियाले बताए ।

कतिपय ठाउमा शौचालय त निर्माण भयो तर ढोका बन्द गरेर शौच गर्न बस्दा शौच नै नआएको र ओडारमा थुनिए जस्तो लागेको भन्दै स्थानियहरू शौचालयमा बस्न आलटाल गर्ने गरेको स्थानिय संचारकर्मी संजय मिश्रा बताउछन् ।

शौचालय निर्माण गराउन गाँउ गाँउ भ्रमणमा रहेको टोलीलाई हेरेर हतार हतारमा लुगा मिलाउदै खुला स्थानमा शौचालय गर्दै गरेका एक स्थानियले आफ्नो पिडा सुनाउदै भने “वर्षौ ंदेखि बाहिरै दिसा पिसाब गर्ने बानी प¥यो, भर्खरै बनाएको पाइखानामा धेरैबेर बस्दा पनि दिसा आएन, बन्द कोठामा थुनिए जस्तै लाग्यो । हतार हतार नजिकैको खोल्सीमा गएर आनन्दले शौच गरे” ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री