फूलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

काठमाडौं ।हाइकिङका लागि फूलचोकी  गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएनन् । अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका छन्।

उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएपनि उनलाई भेटिएको छैन  ।विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा  प्रहरीले  लिएको छ ।

गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएका थिए । फूलचोकी पुगेर फर्किने क्रममा  जोन तामाङ बेपत्ता भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री