काठमाडौं। रौतहटमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ ।घाइते फुल्लाहको जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




