गाडी सुविधा नदिएको भन्दै माइन्युट च्यातिन् उपमेयरले

जनकपुर ।  धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् ।

उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरेकी छिन् ।

उनले धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको आरोप पनि लगाइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस