जेलबाट भागेका ‘टिके’ पक्राउ, प्रहरीको जवाफी कारबाहीमा दुई गोली लाग्यो

चितवन। डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापा पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ उनी आफैं घाइते भएका छन् ।

 

टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो ।

चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनलाई स्थानीय अस्पतालमा समान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न टिके ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए ।

टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको एसपी थापाले जानकारी दिए ।

घटनामा घाइते भएका टिकेलाई प्रहरीले भ्यानमा हालेर भरतपुर अस्पताल लगिएको थियो ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

केपी ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको …

प्रतिकृया दिनुहॊस