काठमाडौं । यही माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भएपनि १ जनाको मात्रै उम्मेदवारी …
पुरा पढ्नुहॊस »इँटा प्रहार गरी बाबुको हत्या
रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा मादक पदार्थ सेवन गरीआफ्नै बुबाको हत्या गरेको आरोपमा २७ वर्षीय छोरा सम्शेरबहादुर थापा पक्राउ परेका छन् । थापाले बुबालाई सामान्य विवादमा इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट ५० वर्षीय बाबु जगतबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »राष्ट्रिय सभा चुनावमा आचारसंहिता लागू
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको छ । नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन ।
पुरा पढ्नुहॊस »पेप्सीकोलामा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । बा ३ ख ३४१६ नम्बरकाे ट्रिपरले पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »जन्ती बोकेको जिप दुर्घटना ११ घाइते
बैतडी । बैतडीको सिउडेमा बुधबार जन्ती बोकेका दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् ।
पुरा पढ्नुहॊस »मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन
मनाङ । मनाङमा हावाहुरीसहित परेको हिमपातले त्यहाँकोको जनजीवन कष्टकर बनेको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । त्यसै गरी माथिल्लो मनाङ गएका १० जना पर्यटक सम्पर्कविहीन भएका छन् ।उनीहरु हिमपातको कारणले टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएका हुन ।
पुरा पढ्नुहॊस »राष्ट्रियसभा चुनावको उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा
काठमाडौं । राष्ट्रियसभा चुनावको उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । राष्ट्रियसभा चुनावको लागि बुधबार मनोनयन दर्ताको समय रहेकाले दलहरु मंगलबार बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका हुन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ । प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको एमालेले मंगलबार थप प्रदेशका उम्मेदवार चयन गर्नेछ । यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु …
पुरा पढ्नुहॊस »श्रीपञ्चमी, सरस्वतीको पूजा
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरहरुमा पूजा आराधना गरिन्छ । साथै विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिन देखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
पुरा पढ्नुहॊस »राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता …
पुरा पढ्नुहॊस »धांगर बस्तीका बालबालिकालाई प्रविण टिबडेवालको पहल र समाजसेवी अग्रवालको सहयोगमा न्यानो लुगा वितरण
रौतहट ।पछिल्लो समय रौतहट जिल्लामा अत्याधिक बढेको शितलहरबाट स्थानियको जनजीवन कष्टकर बन्दै गएको छ । माघ महिनाको पहिला साता बित्न लागी सक्दा पनि रौतहटमा शितलहरको प्रकोप जारी नै रहेको छ । शितलहरबाट जिल्लाका अधिकांश भागमा रहेका दलित, मुस्हर, धांगर, डोम, कहार लगायतका समुदाय एकदमै प्रभावित बनेका छन् । शितलहर प्रभावित यि समुदायका मानिस बसोबास गर्ने स्थानमा विभिन्न संघसंस्थाले राहत सामग्री बाडे पनि त्यहाँ बसोबास गर्ने बालबालिकाको भने विच्चली रहेको छ …
पुरा पढ्नुहॊस »