समाचार

आज सरकार विस्तार : भागबन्डा मिलाउन तीन मन्त्रालय थप्न गृहकार्य

काठमाडौं । सरकारले तीन मन्त्रालय थप गरी आज सरकार विस्तार गर्ने गृहकार्य गरेको छ। मन्त्रालय भागबन्डा नमिलेपछि तीनवटा मन्त्रालय थपेर आज मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी रहेको हो। सरकारले ३० मन्त्रालयलाई घटाएर तीन साताअघि १७ मन्त्रालय बनाउने निर्णय गरेको थियो तर संघीय समाजवादी फोरमसँगको पटकपटक छलफलका क्रममा भागबन्डा नमिलेपछि सरकार तीन मन्त्रालय थप्न वाध्य भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच …

पुरा पढ्नुहॊस »

उपसभामुखमा एमालेकी शिवमाया र कांग्रेसकी पुष्पाको उम्मेदवारी

काठमाडौं । उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी  छिन् भने  कांग्रेसको तर्फबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता गरेकी  छिन् । माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो तर एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी समानुपातिक सांसद हुन् ।

पुरा पढ्नुहॊस »

२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध

काठमाडौं । सरकारले आज देखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गते पछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने …

पुरा पढ्नुहॊस »

कायममुकायम हैसियतमा न्यायाधीश जोशीले तोके आजका इजलास

काठमाडौं ।  सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास र पेसी तोकेका छन्। जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन्। उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। सर्वोच्च अदालतको वेबसाइटमा विश्वम्भरप्रसाद श्रेष्ठ र डम्बरबहादुर खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र तेजकुमार कार्कीका संयुक्त इजलास तोकिएको उल्लेख छ। केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारी, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराई, दीपकुमार कार्की र बमकुमार …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश गोपाल पराजुली ‘बर्खास्त’

काठमाडौं । न्यायपरिषदले प्रधानन्यायधिश गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमुक्त गरेको हो । परिषदले गत साउन २१ गते ६५ वर्ष पुरा गरेको भन्दै सचिवस्तरिय निर्णयबाट पदमुक्त गरेको जानकारी गराएको हो ।  

पुरा पढ्नुहॊस »

नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ ।   राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ । भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको …

पुरा पढ्नुहॊस »

बैज्ञानिक स्टिफन हकिङ्गको निधन

काठमाडौं ।   विश्वप्रशिद्ध भौतिकशास्त्रज्ञ स्टेफन हकिंगको ७६ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनको बुधबार बिहान निधन भएको हो।  हकिंग लामो समयदेखि पक्षघातबाट पीडित थिए। स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति निर्वाचनः मतदान सम्पन्न

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । संघीय संसद्का सदस्य जीपछिरिङ लामा तथा प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे पहिलो मतदान गरेपछि सुरु भएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । विहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको थियो । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति …

पुरा पढ्नुहॊस »

सबै मृतकको पोस्टमार्टमका लागि ४ दिनसम्म लाग्ने

‍काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालले सोमबार विहान भएकाे विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन थालेकाे छ। सोमबार राति तीनजनाको पोस्टमार्टम गरिएको अस्पतालले वताएकाे छ। सोमबार दिउसो भएको युएस बङ्ला विमान दुर्घटनामा २२ नेपाली र विदेशी नागरिक गरी जम्मा ४९ जनाले ज्यान गुमाएका छन् । अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले मृतकको हुलिया र जाहेरीसहितको विवरण लिर्इरहेकाे छ। अस्पतालका अनुसार पोस्टमार्टम गर्न चार दिन लाग्ने छ। अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा …

पुरा पढ्नुहॊस »

विमान दुर्घटनाअघि एयर ट्राफिक र पाइलटबीच भएकाे कुराकानी (अडियोसहित)

काठमाडौं । साेमवार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए । अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भएपनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएकाे एयरपाेर्ट सुत्रले वताएकाे छ । अडियाेमा  ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउनु भनेका छन् तर चालकले उत्तरतिरबाट अवतरण गराउछु भनेका छन्’  ।  कुराकानीमा पटक-पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएकाे सुन्न …

पुरा पढ्नुहॊस »