गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

काठमाडाैँ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत   चर्चित रहेका छन् ।

कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा छ । रिमालभन्दा अगाडि मलेवादेवीलगायतले गीत रेकर्ड गराइसकेका थिए ।

गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । उनको पार्थिव शरीरलाई  अाजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस