विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि बम विष्फोट गराउने तीनजना पक्राउ परेका छन् ।प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको हो । विराटनगर महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो ।
विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आइतबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये मोरङको जहदा गाउँपालिकाका मनोज सिंहको मात्रै नाम खुलेको छ । अरु दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको छ ।
तपाईंको प्रतिकृया



