समाचार

नेकपा अध्यक्ष प्रचण्डपत्नी अस्पताल भर्ना

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको …

पुरा पढ्नुहॊस »

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था …

पुरा पढ्नुहॊस »

मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, अर्का एकजना घाइते

काठमाडाैँ । मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो । छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा …

पुरा पढ्नुहॊस »

धारिलो हतियार प्रहार गरी युवकको हत्या

hatya/इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या

कैलाली । अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहबीच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षीय अरुण भट्टको ज्यान गएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको ज्यान गएको हो । उनका अनुसार भट्टको दायाँ र बायाँ …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री आज स्विट्जरल्यान्ड प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गर्दै छन् । २२ देखि २५ जनवरीसम्म स्विट्जरल्यान्डको डाभोसमा हुने मञ्चको सभामा प्रधानमन्त्री सहभागी हुनेछन् । विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनेछन् । विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका …

पुरा पढ्नुहॊस »

होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने

अमेरिका । अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो जसका कारण उनी चर्चमा समेत जान असमर्थ हुन्थिन् । होटलले आफ्नो धार्मिक भावनालाई ठेस् पुर्याएको महिलाले आरोप लगाएकी थिइन् । होटलमा महिलाले ६ वर्ष काम गरिन्ः मेरी जिन पिरीले कोन्राड मायामी होटलमा ६ वर्षसम्म काम गरिन् । उनका …

पुरा पढ्नुहॊस »

नेपाली हाते कागज उद्योग संकटमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, रुमको अधिभारामा संचालित नेपाली हाते कागज उद्योग संकटमा परेको छ । अधिभारा नेपाली हाते कागज उत्पादन समूहमार्फत सञ्चालित उद्योग आवश्यक औजार तथा कच्चापदार्थको अभाव, आर्थिक स्रोत र बजारको समस्याले संकटमा परेको हो । स्थानीय ६ जना लगानीकर्ता र रुमका ४ वटा सामुदायिक वन मिलेर करिब १८ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालन गरिएको हो । उद्योगमार्फत उत्पादित उत्पादन बिक्री गर्न झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त …

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा ब्राउन सुगरसहित एकजना पक्राउ

कपिलवस्तु । ब्राउन सुगर सहित कपिलवस्तु प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका– ७ बनगाई मोतिपुरका ३५ बर्षीय जगतराम थारुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको जनाइएको छ । थारुलाई १।८० मिली ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय पिपरामा रखि थाप अनुसन्धान कार्य भै रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बन्द अवज्ञा गरेको भन्दै ‘विप्लव’समूहका कार्यकर्ताद्वारा दुईवटा ट्रकमा आगजनी

सुर्खेत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताले सुर्खेतमा २ वटा ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा दुई वटा मालवाहक सवारीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नेपालगन्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना. ६ ख ७३१३ नम्बरको ट्रकमा सत्तरीमा र ना. ६ ख १७३२ नम्बरको ट्रकमा बड्डीचौरमा आगजनी भएको हो ।विद्यार्थीहरुको जिल्ला सम्मेलनमा …

पुरा पढ्नुहॊस »

बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

दाङ । बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले ती व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट …

पुरा पढ्नुहॊस »