नेकपा अध्यक्ष प्रचण्डपत्नी अस्पताल भर्ना

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ ।

सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds