समाचार

माथिल्लो मर्स्याङ्दी ‘ए’को उत्पादन घट्यो

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब आधा घटेको छ ।  रन अफ दी रिभर (पानीको बहावमा आधारित) को आयोजनाबाट यो समय कम्तीमा २८ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सामान्य अवस्थामा दिउँसो र रातको समय २८ मेगावाट र बिहान र साँझको माग बढी हुने समयमा ३९ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनका अनुसार …

पुरा पढ्नुहॊस »

दुरसञ्चार सेवा प्रदायकले २ अर्व ९६ करोड बक्यौता तिर्न बाँकी, कसको कति ?

काठमाडौँ । नेपालका दुरसंचार सेवा प्रदायक संस्थाहरुले २ अरव ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकी रहेको पाइएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा दूर संचार सेवा प्रदायक संस्थाहरुले पुस मसान्त भित्र २ अरव ९६ करोड भन्दाबढि बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी गराए । नेपालमा हाल १ सय ५३ वटा दूर संचार सेवा प्रदायक संस्थाहरु …

पुरा पढ्नुहॊस »

इँटा उद्योगको पर्खाल भत्किँदा २ जनाको मृत्यु

काभ्रे ।काभ्रेको पाँचखाल नगरपालिका-७ स्थित वीर हनुमान इँटा उद्योगको पार्खाल भत्किँदा दुइजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नबिन बिकको अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका १ बस्ने ज्ञान परियारको ३ वर्षीया छोरी जेनिसा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तीन वर्षीया  झरना घर्ती र ३५ वर्षीय सितादेवी पासवान रहेको छन्  ।उनीहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको …

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पो २०१९ आजदेखि

काठमाडौं ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजनामा हुने उक्त एक्स्पोको उद्घाटन आज  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । हिमालयन हाइड्रो एक्स्पो २०१९ ले उर्जा क्षेत्रमा एउटा आयाम दिने र उर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एक ठाँउमा भेला गर्ने उद्देश्यले आयोजना हुन लागेको इभेन्ट सोलुसनले वताएको छ । काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो …

पुरा पढ्नुहॊस »

कारागारको क्षमता ५० जनाको भए पनि अहिले २७४ कैदीबन्दी

घोराही । दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् । कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि …

पुरा पढ्नुहॊस »

कांग्रेसका पुराना र त्यागी नेता रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा नेपाली कांग्रेस कास्कीका पूर्वसचिव केशव रेग्मीको निधनको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा, रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु

काठमाण्डौ । आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ । कार्यक्रम कार्यान्वयन गर्न सरकारले शुक्रबारदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गर्दैछ । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरिसकेको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने गरी रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा …

पुरा पढ्नुहॊस »

म ज्यूँदै छु, मेरो मृत्यु भइसकेको प्रमाणपत्र बनेछ

झापा ।  उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनले आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्न गयो । …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीसँग आज संसद् बैठकमै सवालजवाफ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ।  दिउँसो १२ बजे बस्ने बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका कामकारवाहीबारे प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन्। त्यसको जवाफ प्रधानमन्त्रीले तत्कालै दिनुपर्नेछ। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। बैठकको सुरुमै हुने प्रश्नोत्तर कार्यक्रम एक घण्टा चल्ने संसद सचिवालयले जनाएको छ। प्रश्न सोध्न चाहने सांसदले एक घण्टा अघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्ने …

पुरा पढ्नुहॊस »

जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ दुर्घटना भएको बताइएको छ । १६ जनालाई उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य …

पुरा पढ्नुहॊस »