इलाम । सरकारले आफूसँग गरेको सम्झौताविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पास भएको भन्दै डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेका १६औं चरणको अनसन आज दोस्रो दिन पनि जारी छ । इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका हुन। केसीका मागहरु यी हुन् १५ औं सत्याग्रहका क्रममा ०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा …
पुरा पढ्नुहॊस »“डिशहोम उज्वल भविष्य” योजना अन्तर्गत बारा जिल्लाका विद्यालयलाई सहयोग
काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले ल्याएको “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत बारा जिल्लाका विभिन्न विद्यालयलाई सहयोग गरेको छ । डिशले बाराको सिम्रौन गढ स्थित, श्री कँकाली उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो । उनीहरूलाई आवश्यक शैक्षिक सामाग्री सहित चिसोे मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको हो । डिशहोमले बारा …
पुरा पढ्नुहॊस »चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. केसीसँग भएको सहमति तोडियो
काठमाडौं । बहुचर्चित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएकाे छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिकाे आजकाे बैठकले नेपाली कांग्रेसको विरोधका बीचमै एकपक्षीय रुपमा डा गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित गरेकाे हाे। केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत पुर्याउँदै विधेयक पारित गरेका हुन्। यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राखेको छ। समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका …
पुरा पढ्नुहॊस »नेपालगन्जमा ३० किलो चरेससहित तीन पक्राउ
बाँके । बाँकेको कोहलपुरबाट प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर-९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित तीन जनालाई पक्राउ गरेको हो। सल्यान कुपिन्देह नगरपालिका-८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट-१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट-६ का बलबहादुर बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको …
पुरा पढ्नुहॊस »काठमाडौं मूलपानीबाट बन्दुकसहित दुई सिकारी पक्राउ
काठमाडौं । काठमाडौंको कागेश्वरीमा भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ परेका छन्। कागेश्वरी मनहरा नगरपालिका-६, मूलपानी एरियमा सिकार खेलिरहेका बेला काठमाडौं महानगरपालिका-३१,भीमसेन गोलाका ४७ वर्षीय नवीनविक्रम शाही र ३८ वर्षीय विजयविक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको हो। बौद्धस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरूका साथबाट १२ बोरको दुईनाले भरूवा बन्दुक बरादम भएको प्रहरीले जनाएको छ। साथै मारेको १० वटा परेवा पनि प्रहरीले बरादम गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »बाजुरामा आगोमा जलेर दुई छोरासँगै आमाको मृत्यु
बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिका ९ अंगाउपानीस्थित भुगेचौरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घरमा सुती रहेको अवस्थामा गएराती आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहोरा उनका ९ वर्षीय छोरा सुरेश बोहोरा र ७ वर्षीय छोरा रमित बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सञ्चार कक्षका प्रहरी जवान योगेश चन्दले लोकान्तरलाई बताए । तीन जनाको शव जलेको अवस्थामा घरमा भेटिएको प्रहरीले जनाएको छ । जस्ताले …
पुरा पढ्नुहॊस »१० दिनदेखि बेपत्ता बालिका गण्डक नहरमा मृत फेला
नवलपरासी । पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी …
पुरा पढ्नुहॊस »छाउपडी मान्नेको सुविधा कटौती गरिने
अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उनको भनाइ छ । “अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका …
पुरा पढ्नुहॊस »पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि, २०१८ मा १२ लाख भित्रिए
काठमाडाैँ । सन् २०१८ मा नेपालमा इतिहासमै सबैभन्दा धेरै पर्यटकको आगमन भएको छ। यो वर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष २४.८ प्रतिशतले पर्यटन आगमनमा वृद्धि भएको हो। अघिल्ला वर्षजस्तै यो वर्ष पनि धेरै पर्यटन भित्रिने देशमा भारत र चीन नै रहेका छन्। त्यसपछि क्रमश यूएसए, श्रीलंका र यूके छन्। यो वर्ष भारतबाट दुई लाख चार सय ३८, चीनबाट एक लाख …
पुरा पढ्नुहॊस »कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए आज पनि संसद बैठक चल्न नदिने
काठमाडाैं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएपछि कांग्रेस सांसदहरुले यसअघि आइतबारको बैठकमा विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए बैठक चल्न नदिने कांग्रेसको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने माग गर्दै आइरहेको छ । सभामुख महराले प्रश्नोत्तर सेसनमा मात्रै प्रधानमन्त्रीलाई प्रश्न राख्न पाइने …
पुरा पढ्नुहॊस »