नेपाली हाते कागज उद्योग संकटमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, रुमको अधिभारामा संचालित नेपाली हाते कागज उद्योग संकटमा परेको छ । अधिभारा नेपाली हाते कागज उत्पादन समूहमार्फत सञ्चालित उद्योग आवश्यक औजार तथा कच्चापदार्थको अभाव, आर्थिक स्रोत र बजारको समस्याले संकटमा परेको हो ।

स्थानीय ६ जना लगानीकर्ता र रुमका ४ वटा सामुदायिक वन मिलेर करिब १८ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालन गरिएको हो । उद्योगमार्फत उत्पादित उत्पादन बिक्री गर्न झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चापदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको समूहका अध्यक्ष मोतीराज उपाध्यायले बताए ।

तीन वर्षअघि विविध कारणले बन्द रहेको उद्योगमा थप लगानी गरेर सञ्चालन गरिएको भए पनि अपेक्षाकृत आम्दानी हुन नसक्दा उद्योगले गति लिन नसकेको बताइएको छ । उद्योगलाई आधुनिक औजार तथा मेसिनको आवश्यकता, नयाँ प्रविधि, फ्रेमहरु तथा भण्डारणका लागि भौतिक संरचना चाहिएको छ ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले स्थानीय उत्पादन र कच्चापदार्थलाई प्राथमिकता दिने नीति बनाइएकाले उद्योग सञ्चालन र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्थापनमा सहयोग गरिने बताए ।

हाल उद्योगबाट वनजंगलमा पाइने लोक्ताको सहयोगमा नोटबुक, डायरी, फोटोकपी पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन हुँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस