समाचार

सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाण्डौ । नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि पानीजहाजको कार्यालय भने खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ । पानीजहाज चलाउनु पहिले आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको सरकारको भनाई छ । मन्त्रिपरिषदको पुस ३० गते बसेको …

पुरा पढ्नुहॊस »

बालिका बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

डोटी । १५ बालिका बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । जोरायल गाउँपालिका–४ घाडका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीया खडकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । घरमा बालिका एक्लै भएको मौकामा गएको सोमबार राति १० बजे बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ …

पुरा पढ्नुहॊस »

सहकारीदेखि शैक्षिक संस्थासम्मले मागे कर्मचारी, रोजगारीसम्बन्धी सूचना हेर्नुहोस्

काठमाडौं । के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने आजको कान्तिपुर दैनिकमा रोजगारीसम्बन्धी विभिन्न सूचना प्रकाशित भएकाे छ । सूचना हेर्नुहोस्ः

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ । ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए …

पुरा पढ्नुहॊस »

काबेली कोरिडोर निर्माण अन्तिम चरणमा

इलाम । १२ वर्ष अगाडि निर्माण शुरु भएको काबेली कोरिडोर १ सय ३२ के भी प्रसारण लाइन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको दोस्रो खण्ड इलामको सोयाकदेखि पाँचथर थापाटारसम्मको ४३ किलोमिटर लाइन तान्ने काम केही दिनभित्रै सम्पन्न हुने आयोजनाका इञ्जिनियर निरज कर्णले जानकारी दिए । पछिल्लो पटक लाइन टाँग्ने क्रममा पाँचथरमा दुइवटा टावर ढलेपछि आयोजनाको काम लम्बिएको थियो । राष्ट्रिय तथा सामुदायिक वनहरुमा रुख काट्ने कार्य जारी …

पुरा पढ्नुहॊस »

प्रणय दिवस विशेष: यसरी सुरु भएको थियो भ्यालेन्टाइन डे

काठमाडाैँ । नेपालसहित विश्वभर बिहीबार भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । शहर बजारका विभिन्न फूल …

पुरा पढ्नुहॊस »

वकिलबाटै यसरी ठगिए सर्वाेच्चका पूर्वन्यायाधीश

काठमाडाैं । सर्वाेच्च अदालतका पूर्वन्याायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन्। आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन्। २ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी शिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठडी मुद्दामा कारबाही अघि बढाएको छ। सर्वाेच्चका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको …

पुरा पढ्नुहॊस »

नेपालमै गोली उत्पादन गर्ने प्रस्ताव भारतद्वारा ठाडै अस्वीकार

काठमाडाैं । नेपालमै इन्सास र एम-१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरेको छ। गोलीगठ्ठा तथा विष्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम-१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो। उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम-१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको …

पुरा पढ्नुहॊस »

नारायणीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु

काठमाडाैं । भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ। भारतको केन्द्रीय सरकारले गंगा नदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो। भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले सोमबार बिहारको हाजिपुर (गंगा र गण्डकको संगम)देखि बाघा (नेपालको सिमानानजिक) सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन्। यसबाट दुई मुलुकबीचको जलमार्ग निर्माण कार्यले गति लिएको मन्त्रालयले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन्। ‘गण्डक नहरदेखि बिहारको हजिपुरसम्म …

पुरा पढ्नुहॊस »

कर्मचारी समायोजन अलपत्र, मन्त्री पण्डित यूएईमा मस्त

काठमाडाैं । निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्। फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्। मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ। संघ, प्रदेश र स्थानीय …

पुरा पढ्नुहॊस »