रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा–मा १२ की १३ वर्षीया बालिकालाई स्थानीय एक युवकले जबर्जस्ती करणी गरेका छन्। पुथा उत्तरगंगा–६ छिप्रीदहका २२ वर्षीय लक्ष्मण विकले बालिकालाई करणी गरेका प्रहरीले जनाएको छ । विकलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका बुवाले दिएको किटानी जोहरीका आधारमा लक्ष्मणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल पठाईएको छ। घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
पुरा पढ्नुहॊस »विपीसहितका नेताको सम्झनामा मेलमिलाप दिवस मनाईँदै
काठमाडौँ । विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४२ वर्ष पूरा भएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर स्वदेश फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई …
पुरा पढ्नुहॊस »पहिलाे पटक नेपाल भित्रियो सुपर कम्प्युटर
काठमाडाैँ । मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो। साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन्। उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण …
पुरा पढ्नुहॊस »उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम १ डिग्री
काठमाडौँ । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा आंशिक बलदी हुने सम्भावना हरे पनि देशका अरु ठाउँको मौसम सफा रहने मौसमविद वरुण पौडेलले बताए । तराईका क्षेत्रमा बिहानमा हुस्सु तथा गुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने उनले बताए । उच्च पहाडी क्षेत्रका केकी ठाउँमा हिउँ पर्ने सम्भावना छ । काठमाडौँ उपत्यकाको मौसम सोमबार दिनभर सफा …
पुरा पढ्नुहॊस »साढे ३ महीनाभित्र नेपालको आफ्नै रेल, १ अर्ब रुपैयाँ लाग्ने
काठमाडौं । साढे ३ महीनाभित्र कुर्था–जनकपुर–जयनगर (३५ किमी) मा नेपालले आफ्नै रेल सञ्चालन गर्ने भएको छ । भारतसँग भाडामा लिएर सञ्चालन गर्ने पूर्व सोचमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफै रेल खरीद गरी सञ्चालन गर्न लागेको हो । यसका लागि सरकारले प्रतिरेल रू. ५० करोड छुट्याएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले आगामी जनवरी १० तारीख (पुस २६)मा रेल खरीदका …
पुरा पढ्नुहॊस »‘पाठशाला साँझ’: विद्यार्थीहरुकाे उत्कृष्ट प्रस्तुति
पाठशाला नेपाल फाउण्डेसनकाे ‘पाठशाला साँझ’ कार्यक्रम शनिवार प्रज्ञा प्रतिष्ठानमा भब्यरुपमा सम्पन्न भएकाे छ । यस कार्यक्रममा नेपालकाे संस्कृति तथा सभ्यता झल्काउने विविध जातका नृत्य, गीत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले मैथिली गीतलाइ वडाे कुशल ढंगले गाएका थिए भने चाइनिज गीतमा प्रस्तुत नृत्य वडाे कलात्मक थियाे । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, कविता तथा नाटकलाइ जीवन्तरुपमा प्रस्तुत गरेका थिए । अाफ्ना नानीहरुकाे कार्यक्रम हेर्न हलमा अभिभावकहरुकाे …
पुरा पढ्नुहॊस »नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बालक बेपत्ता
नवलपरासी । नारायणी नदीमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक शनिबारदेखि बेपत्ता छन् । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका –५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा १५ वर्षीय अनुप धोबी बेपत्ता भएका हुन् । साथीहरूसँग नारायणी नदी पारी गएर फर्कने क्रममा नारायणी नदीको ठोक्कर नम्बर ३ मा डुङ्गा अनियन्त्रित भइ पल्टिँदा धोबी बेपत्ता भएका हुन् । धोबीसँगै गएका उनका दुई साथीहरू भने पौडेेर ज्यान बचाउन सफल भएका छन् । बेपत्ता भएका अनुप धोबीको …
पुरा पढ्नुहॊस »नयाँ वर्षमा पर्यटकलाई एक सयमै कोठा
बागलुङ। अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् । सदरमुकामका १० होटलले रु १०० मा १०० कोठा उपलब्ध गराउने भएका …
पुरा पढ्नुहॊस »भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार
कृष्णनगर । सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो । केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको …
पुरा पढ्नुहॊस »कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाईँदै
काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी आइतबार मनाईँदैछ । कविशिरोमणि पौड्यालको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उनको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् । विसं १९४१ को पुस १५ मा कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको अर्घौँ अर्चेलमा जन्मिएका कविशिरोमणिको जन्मजयन्तीको अवसरमा आइतबार उनको जन्मथलोमा विशेष कार्यक्रम हुँदैछ । कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गंगा गौरीसहितका महाकाव्य, लालित्य कविता संग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य …
पुरा पढ्नुहॊस »