मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, अर्का एकजना घाइते

काठमाडाैँ । मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर राष्ट्रिय समझदारी गरिएको …

प्रतिकृया दिनुहॊस