hatya/इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या

धारिलो हतियार प्रहार गरी युवकको हत्या

कैलाली । अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहबीच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षीय अरुण भट्टको ज्यान गएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको ज्यान गएको हो । उनका अनुसार भट्टको दायाँ र बायाँ छातीमा गहिरो चोट छ ।

घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो। त्यहाँबाट सेती अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै उनको ज्यान गएको हो । झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन् । मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । तर उनीहरुको नाम भने गोप्य राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस