समाचार

ओडारमा हराएका दुई जना मृत अवस्थामा फेला

धादिङ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र …

पुरा पढ्नुहॊस »

सिमेन्टमा नेपाल आत्मनिर्भर : दुई खर्बको लगानी, वार्षिक १५० अर्ब रुपैंयाँको कारोवार

काठमाडौंँ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । दुई खर्बको रुपैंयाँ लगानी भएको र वार्षिक १५० अर्ब रुपैंयाँको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरे। “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन …

पुरा पढ्नुहॊस »

सडक नहुँदा बागलुङकाे तमानखोलाका वासिन्दालाई सास्ती

बागलुङ । बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ। बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन्। गत वर्ष समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो। केहीलाई हेलिकोप्टरमा काठमाडाै‌ं पुर्‍याएर बचाइयो तर उपचार नै नपाएर मर्नेको सङ्ख्या कति छ भन्नेबारे कुनै पनि निकायमा अभिलेख छैन। उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि …

पुरा पढ्नुहॊस »

वर्ल्डलिङ्कले कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । वर्ल्डलिङ्कले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आवेदन खुला गरिएका विभिन्न चार पदमा फेब्रुअरी १० तारिखसम्म निवेदन दिन सकिनेछ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।  

पुरा पढ्नुहॊस »

कांग्रसले आजकाे प्रतिनिधिसभा बैठक अवरोध गर्ने

काठमाडाैँ । कांग्रसले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने भएको छ। सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सुचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो। सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। उनले सत्तापक्ष र सभामुखले नागरिक …

पुरा पढ्नुहॊस »

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

रत्ननगर । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गएराति करीब १०ः३० बजे ना ५३ प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए।

पुरा पढ्नुहॊस »

जनता आवास कार्यक्रम : नयाँ घर त बन्यो, तर उल्टै ऋणमा डुबे दलित 

काठमाडाैँ । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिएका प्रायः स्थानका बासिन्दासँग घडेरीको लालपुर्जा भने छैन । उनीहरू घर ठड्याएको जग्गाकै लालपुर्जा नहुँदा भविष्यमा के हुने हो भन्ने चिन्तामा छन् ।  सबैभन्दा पहिले ०६७/६८ मा ७ कुसुन्डा परिवारको घर निर्माण गरिएको थियो । अहिलेसम्म गन्धर्व, वादी, विपन्न मुस्लिम र अन्य दलितका ६ सय ५ घर निर्माण गरिदिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले  जनाएको  छ । चालू आर्थिक वर्षमा पाँच सय घर निर्माण गर्ने जानकारी प्राप्त …

पुरा पढ्नुहॊस »

आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप सम्पन्न

काठमाडाैं । भिडियो बनाउने तालिम नेपालको भिडियो पत्रकारिताको क्षेत्रमा अग्रणी संस्था मानिने वल्र्डभ्यु नेपालले आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप हालै सम्पन्न गरेको छ । कार्यशालामा सहभागी संचारकर्मीहरुले मोवाईल फोनको प्रयोग गरेर छोटो भिडियो तयार गर्ने सीप सिक्नुको साथै कार्यशालाको अन्त्यमा सबै सहभागीहरुले छोटा भिडियोहरु निर्माण गरेका थिए । कार्यशालाको अन्तिम दिन सहभागीहरुले समसामयिक विषयमा तयार गरेका छोटा भिडियोहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्त्यमा बोल्दै वल्र्डभ्यु नेपालका अध्यक्ष भारतदत्त …

पुरा पढ्नुहॊस »

डेनमार्कका विश्व भ्रमण यात्री थोर नेपालमा

काठमाडौं । डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा मंगलबार नेपाल आइपुगेका छन् । उनको नेपाल १ सय ७९ औ भ्रमण मुलुक हो । कुनैपनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी नयाँ इतिहास बनाउने क्रममा उनी नेपाल आएका हुन् । डेनिस रेडक्रसको सद्भावना दुतको रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै उनले भने, ‘विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ । विश्वको जुनसुकै कुनामा सुरक्षा, …

पुरा पढ्नुहॊस »

समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा

ताप्लेजुङ । समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गरेका छन् ।एक महीने जनसंवाद यात्राको नेपाल-भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गरे । पूर्वको चिवाभञ्ज्याङदेखि सुरु भएको उक्त जनसंवाद यात्रा एक महीनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ । सोही यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने बताइएको …

पुरा पढ्नुहॊस »