काठमाडौं । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।
बैंकको बार्हौं वार्षिक साधारण सभाले आ.व. ०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभांस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा साधारण सभा समक्ष जानकारी गराएका थिए ।
तपाईंको प्रतिकृया




