भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो ।

अरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिए । उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए ।

आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताए । ‘आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन’ उनले भने । निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जीनीयर सापकोटाले बताए ।

पटक–पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि तत्काल पीपीए खुला गर्नुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनको लक्ष्य हासिल गर्न सरकारलाई तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन् । इप्पानको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनको महत्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि विद्युत विधेयकमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिकृया दिनुहॊस