ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते

काठमाडौं । ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले बोनस पाउनेछन् ।

बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब नाघ्ने छ ।

साथै, बैंकले कम्पनी अधिकृत पुँजी १० अर्ब रुपैयाँलाई वृद्धि गरी १६ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ । बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस