सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग गरेको छ ।

केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई रू दुई लाखको चेक हस्तान्तरण गरे  ।

हाल बैंकले  ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप