मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको स्थिर र भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री