मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको स्थिर र भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । स्विट्जरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ …

प्रतिकृया दिनुहॊस