सांकेतिक तस्बिर

भक्तपुरमा कारसँग स्कुटर जुध्दा २३ वर्षीय सुजनको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३०चं. ०९९५ नम्बरको कार र बा ७३प. २८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यादेश टुंगो लगाउँदै कार्यदल, कांग्रेसबाट थपिए कार्की

काठमाडौं । कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।

प्रतिकृया दिनुहॊस