एनसीसीकाे ७९ लाख कित्ता शेयर लिलामी

काठमाडौं ।  एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता गरी उक्त परिमाणको शेयर लिलामीमा ल्याउने भएको हो ।

एनसीसी  बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सनराइज क्यापिटलले यही पुस ११ गतेदेखि २० गतेसम्म उक्त लिलामी खुल्ला गर्ने भएको छ ।

उक्त लिलामीका लागि सनराइज क्यापिटलको कमलपोखरीस्थित मुख्य कार्यालय र एनसीसी बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, नारायणगढ र बागबजार कार्यालयबाट फर्म प्राप्त गर्न र आवेदन दिनसक्ने व्यवस्था रहेको बताइएको छ ।

उक्त शेयरका लागि संस्थापकतर्फ न्युनतम १००० कित्ता र साधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ तर १० ले भाग जाने संख्यामा मात्र आवेदन दिनुपर्नेछ भने संस्थापकतर्फ अधिकतम ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र साधारणतर्फ अधिकतम सीमासम्मकाे शेयरका लागि आवेदन  दिन सकिने छ ।

संस्थापक शेयर लिन इच्छुकहरुले भने कालोसूचिमा नरहेको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, आयश्रोत विवरण र स्वघोषणा विवरण समेत बुझाउनुपर्ने  छ ।

 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after