रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन साेमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबर लगानी गरिने शाहले जानकारी दिए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after