काठमाडौं । युनाईटेड इन्स्योरेन्सले मृतक बिमितको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
गुल्मी जिल्ला धुर्कोट गाउपालिका वडा नं. ३ निवासी जीप चालक शेर बहादुर थापाले लु. १ ज ३५०३ नम्बरको जीप सन्धिखर्कबाट हंशपुरका लागि लिएर जाँदै गर्दा गत कात्तिक ६ गते मालारानी गाउपालिका वडा नं. ५ घाटखोला अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा घाइते भएका थिए ।
उपचारको क्रममा उनको मूत्यु भए पश्चात उनकी श्रीमती कल्पना थापाले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिईन् ।
कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने जम्मा रकम पाँच लाख रुपैयाँ बराबरको चेक एक कार्यक्रमका बीच अर्घाखाँची जिल्लाका सहायक प्र.जि.अ. विष्णु प्रसाद बेल्बासे, कम्पनीका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समीति अध्यक्ष योगेन्द्र खड्काले संयुक्त रुपमा हस्तान्तरण गरे ।




