घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् आज कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। तीन दिनदेखि  १ को १ सय १५ रूपैयाँ ३४ पैसामा कारोबार भइरहेको अमेरिकी डलरको  भाउ आज  घटेको हो ।

हिजो सोमबारको तुलनामा आज यसको भाउ ५६ पैसाले घटेर १ बराबर १ सय १४ रूपैयाँ ७८ पैसा भएको हो । तीन दिनदेखि डलर भाउ स्थिर भएको थियो ।

मुलुकको केन्द्रीय बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १४ रूपैयाँ ७८ पैसा बिक्री दर र १ सय १४ रुपैयाँ १८ पैसा खरिद दर रहेको छ ।

गत शुक्रबाबार १ बराबर १ सय १५ रुपैयाँ रहेको थियो । त्यसअघि बिहीबार १ सय १५ रुपैयाँ ५२ पैसा, बुधबार १ सय १५ रुपैयाँ २७ पैसा, मंगलबार १ सय १४ रुपैयाँ ४५ पैसा तथा सोमबार, आइतबार, शनिबार र शुक्रबार १ सय १३ रुपैयाँ ५९ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस