सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी,बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री