शेयर बजार : नेप्से १९ दशमलव ८४ अंकले घट्यो

आज शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बजार प्रिओपनमा बढे पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

मंगलबार ५३ दशमलव ३० अंकले बढेको बजार आज १९ दशमलव ८४ अंकले गिरावट आएर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा झरेको छ।

बुधबार २३१ वटा घितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । …

प्रतिकृया दिनुहॊस