बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। बुधबार १९ दशमलव ८४ अंकले घटेको शेयर बजार आज पनि १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ बिन्दुमा झरेको छ।
बिहीबार २२७ वटा घितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ।
कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाको २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।
प्रतिकृया दिनुहॊस