प्रजातन्त्र दिवसमा टेलिकमको अफर, भोल्टी कल निःशुल्क

फागुन ७ गते (शनिबार) मनाइने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ। सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ।

नेपाल टेलिकमले हालै व्यवसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस