आर्थिक

नेपाल इको प्यानलद्वारा देशभर डिलर आहृवान

काठमाडौं । नेपाल इको प्यानलले देशभर डिलर आहृवान गरेको छ । भक्तपुरको सल्लाघारीमा मुख्य कर्पाेरेट कार्यालय रहेको नेपाल इको प्यानलले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै डिलरका लागि आहृवान गरेको हो । कम्पनीले अहिले पनि देशका विभिन्न ठाउँमा डिलरमार्फत् आफ्ना सामान बिक्री गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले देशैभर माग बढ्दो रहेकाले डिलर आवश्यकता परेको बताउनुभएको छ । साथै कर्पाेरेट अफिसका लागि मार्केटिङ अफिसरको पनि माग गरेको …

पुरा पढ्नुहॊस »

निक्षेपको ब्याजदर घटाउने निर्णयको स्वागत

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले अर्थतन्त्रमा लगानीयोग्य पुँजी अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएका बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमतिको स्वागत गरेको छ । मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका जसले अर्थतन्त्र नै संकुचित बनाइरहेको सिएनआईको भनाइ छ । निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिँदै आएको …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार …

पुरा पढ्नुहॊस »

लमहीमा पनि सिद्धार्थ हस्पिटालिटी सेवा

काठमाडाैँ । होटल ग्रिन लुम्बिनी प्रालिले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रालिसँग व्यवस्थापकीय साझेदारीमा दाङको लमहीमा शुक्रबारदेखि आफ्नो सेवाको शुभारम्भ गर्ने भएको छ । सधैं ग्राहकको मागसँगै सेवा उपलब्ध गराउनुका साथै प्रदेश ५ मा आन्तरिक र बाहृय पर्यटकलाई भित्र्याउँदै यस क्षेत्रको समृद्धिमा सहयोग गर्ने अपेक्षासहित आफ्ना गतिविधि सञ्चालन गर्ने सिद्धार्थले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपले व्यवस्थापकीय साझेदारीका रूपमा लिएको होटल ग्रिन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधायुक्त …

पुरा पढ्नुहॊस »

टेलिकमले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । बिहीबार सम्पन्न कम्पनीको पन्ध्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह …

पुरा पढ्नुहॊस »

ब्लुबर्ड क्लिनिक र स्विमिङ एभ्रिडेबीच व्यावसायिक सहकार्य

काठमाडाैं । ब्लुबर्ड इन्टरनेशनल क्लिनिक र स्विमिङ एभ्रिडे नेपालबीच व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ। दुई संस्थाबीच बुधबार व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र कारणजितले र स्विमिङ एभ्रिडेका तर्फबाट सीईओ दिवास श्रेष्ठले हस्ताक्षर गरेका छन्। योसँगै ब्लुबर्ड क्लिनिक र स्विमिङ एभ्रिडेका कर्मचारी तथा ग्राहकले विभिन्न आकर्षक छुट पाउने क्लिनिकले जनाएको छ। साथै स्विमिङ एभ्रिडे नेपालमा क्लिनिकका कर्मचारीले विभिन्न आकर्षक छुट पाउनेछन्। ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले विभिन्न स्वास्थ्य …

पुरा पढ्नुहॊस »

केन्टका विभिन्न विद्युतीय सामग्री नेपाली बजारमा

काठमाडाैं । ईओएल प्रालिले केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ। कम्पनीले नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डरलगायतका सामग्री नेपाली बजारमा ल्याएको हो। कम्पनीका अनुसार आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स फोरएम–२१ गज, मेटल बक्स÷१एन्ड२–२१ गज, नेक्स एमसीबी टीपीएन सिरिज आदि उपलब्ध छन् । सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छ। …

पुरा पढ्नुहॊस »

२५.२६ प्रतिशत लाभांश दिने छिमेक लघुवित्तको प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । …

पुरा पढ्नुहॊस »

एनएमबि लघुवित्तको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । …

पुरा पढ्नुहॊस »

माघ ६ देखि नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडाैं । आगामी माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएको छ। यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो। …

पुरा पढ्नुहॊस »