काठमाडौं । सामसुङको फ्ल्यागसिप सिएसआर प्रोग्राम सामसुङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इञ्जिनियरिङअन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीको कोडिङ र प्रोग्रामिङ कोर्स समाप्त भएको छ । प्रोग्रामअन्तर्गत अर्को ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । विद्यार्थीलाई कोर्स पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी, सामसुङको दक्षिण-पश्चिम एसिया नेपाल कार्यालय प्रमुख सुङ जुनपार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इञ्जिनियरिङका प्राध्यापक तथा डिन डा. …
पुरा पढ्नुहॊस »दुग्ध विकास बोर्ड खारेज नगर्न खबरदारी
काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डलगायत विभिन्न बोर्ड, आयोगलगायतका संस्था खारेज गर्ने वा नगर्ने विषयमा बैकुण्ठ अर्यालको संयोजकत्वमा एक समिति बनाई अध्ययन गर्न लागिएको चर्चाप्रति सरोकारवालाले आपत्ति प्रकट गरेका छन् । अनावश्यकरूपमा अध्ययन नै नगरी हचुवामा बोर्डलाई खारेज गर्ने प्रयास गरेको भन्दै उनीहरूले आन्दोलनको चेतावनीसमेत दिएका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ, कृषकसँग सरोकार राख्ने निकायलगायतका …
पुरा पढ्नुहॊस »१ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध
काठमाडौं । इसेवाका सेवा १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध भएको छ । बिहान १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द भएको थियो । इसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिएको थियो । इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा मागेको छ ।
पुरा पढ्नुहॊस »आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको हो । बिहिबार प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सये रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ८ …
पुरा पढ्नुहॊस »आजको विनिमय दरः डलरकाे भाउ १३२ रूपैयाँ नाघ्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ । जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ …
पुरा पढ्नुहॊस »आईबीद्वारा स्कुल प्रशासकहरूको लागि ओरिएन्टेशन सेमिनार आयोजना
काठमाडौँ । नेपालको पहिलो आईबी कन्टिन्यमु स्कुलले आफ्ना प्रशासकहरूको लागि आईबी ओरिएन्टेशन सेमिनार आयोजना गरेको छ । अन्तर्राष्ट्रिय स्नातकको समन्वयमा आयोजित सेमिनारमा नेपालभरका विद्यालय प्रमुखहरूलाई आईबी कार्यक्रर्यम र विद्यार्थीहरूका लागि यसका फाइदाहरूको बारेमा विस्तारित जानकारी दिइएको थियो । सेमिनार आईबीका क्षेत्रीय प्रमुख महेश बालकृष्ण गरेका थिए । उनले आईबीको आदर्श र विद्यार्थीहरूको उज्ज्वल भविष्यको बारेमा बोलेका थिए। प्रिमियम इन्टरनेशनल आईबी कन्टिन्यमु स्कुलले पनि प्राइमरी इयर प्रोग्राम (पीवाईपी), मिडलइयर प्रोग्राम (एमवाईपी), …
पुरा पढ्नुहॊस »आईएमई पे मार्फत ‘केटीएम बबल टी’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट
काठमाडाैं । ‘आईएमई पे’ ले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ। आईएमई पे ले केटीएम बबल टी सँग गरेको सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो। सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ। केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आईएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।
पुरा पढ्नुहॊस »आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् । समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरे । नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गरलाई महासङ्घ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह …
पुरा पढ्नुहॊस »मन्त्रालयगत बजेट सूचना प्रणाली जेठ १६ गतेसम्म बन्द
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट आज (११ जेठ) देखि जेठ १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ । वार्षिक बजेट प्रणालीमा आबद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि …
पुरा पढ्नुहॊस »एसटिएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाइड तालिम
काठमाडाैं । काठमाडौंमा ३५ दिने ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ। जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो। तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थीहरू सहभागी थिए। सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र वातावरण, नेपाली धर्मको इतिहास, अन्तर सांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, …
पुरा पढ्नुहॊस »