रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि बेलायतदेखिका बिरामीहरु आउने गरेका छन् ।

संयुक्त अधिराज्यको लण्डनका एक ७५ वर्षीय बिरामीले भने, ‘म बेलायत र संयुक्त राज्य अमेरिकाका उत्कृष्ट अस्पतालहरूमा समेत भर्ना भएको थिएँ, तर सन्तुष्टि भने पटनामा आएर पाएँ । खाना होस् कि शल्यक्रिया होस् वा यहाँका मानिसहरूको सद्भाव, तपाइले यो मूल्यमा कतै पनि पाउनुहुने छैन । म तपाईलाई ठोकुवाका साथ भन्न सक्छु डा. आशिषले बिल्कुल निराश हुन दिने छैनन् ।’

पटना, २३ अप्रिल, २०२४ बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा उपलब्ध उत्कृष्ट रोबोटिक प्रविधिको प्रयोग गरी लण्डनस्थित बेलायती बिरामीको दुवै घुँडाहरु एकैपटक प्रत्यारोपण गरिएको छ । काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको तीन वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरेर विश्वभर आफ्नो छाप छोड्न सफल भएको छ । यो बिहारको लागि गौरवको विषय हो । किनभने यसले मेडिकल पर्यटनको लागि पनि एक सम्भावनाको ढोका उघारेको छ ।

लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जुन अवस्थाले विश्वभरका ५२ करोड ८० लाख मानिसहरूलाई सन् २०१९ मा असक्त बनाएको छ । अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा.आशिष सिंहले घुँडा र हिप प्रतिस्थापनका लागि गरिने रोबोटिक शल्यक्रियाका बारेमा विस्तृत जानकारी दिए । बिरामीहरुले डा. आशिषसँगको उपचारलाई आफ्नो ‘उत्तम निर्णय’ बताउँदै युके र संयुक्त राज्य अमेरिकाका आफ्ना अघिल्ला अनुभवहरूभन्दा बिहारको उपचारमा सन्तुष्टि मिलेको बताए । यहाँ आउनेहरूमा विशेषगरी इङ्गल्याण्ड, पाकिस्तान, भुटान, नेपाल, बंगलादेश र अफगानिस्तानका बिरामीहरु छन् । आफूले प्रदान गर्ने आतिथ्यताले पनि बिरामीहरूलाई शारीरिक र मानसिक रूपमा निको हुन मद्दत गर्ने गरेको इकाइको विश्वास छ ।

नतिजा स्वरूप, युनिटले गुवाहाटी, डिब्रुगढ, त्रिपुरा, महाराष्ट्र, मुम्बइ, दिल्ली, बैंगलोर, छत्तीसगढ, नागपुर र रायपुर लगायतका धेरै भारतीय राज्यहरूमा पनि आफ्नो पकड स्थापित गरेको छ । जसले गर्दा शल्यक्रियाका लागि गर्नुपर्ने अन्तरहिन प्रतिक्षा घटाउँदै ठूला भारतीय र अन्तर्राष्ट्रिय शहरहरूमा हुने अत्याधिक खर्च र डाक्टरको लापरवाहीबाट समेत यसले उन्मुक्ति दिलाएको छ ।

रोबोटिक प्रणालीले घुँडा प्रतिस्थापनको शल्यक्रियालाई ३–४ घण्टाबाट ४० देखि ५० मिनेटमा घटाएको छ र शल्यक्रियाको प्रक्रियापछि ४ देखि ५ घण्टाभित्र बिरामीहरु आफ्नो खुट्टामा उभिन सक्छन्। सर्जन र मेसिनरीहरूको उत्कृष्ट टोलीको साथ, सिमलेस आतिथ्यता र छिटो रिकभरी हुन सकिन्छ भने बजेट–मैत्री अस्पताल हुनु यसमा थप फाइदा हो । समान सुविधा प्रदान गर्ने अन्य संस्थाहरूलाई एआइओआरको सुपर स्पेशलिटी युनिटले ४० प्रतिशत कम खर्च गराएर उछिनेको डा. आशिषले बताए ।

यसको सबैभन्दा राम्रो पक्षका रुपमा एक सामान्य शल्यक्रियाकै लागतमा रोबोटका सुविधाको लाभ उठाउन सकिन्छ । पहिले घुँडा प्रतिस्थापन शल्यक्रियामा २ लाख रुपैयाँसम्म खर्च हुने गथ्र्यो भने अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको पहलका कारण यो अब सबै वर्गका बिरामीका लागि सहज भएको छ र यसले आयुष्मान कार्ड धारकहरूलाई पनि फाइदा पुर्‍याउँछ ।

शल्यक्रियाको तीन हप्तापछि, १० मध्ये ९ जना बिरामीहरू सहायताबिना नै हिँड्न सक्छन् भने ८५ प्रतिशत बिरामीहरू शल्यक्रियाको ६ हप्ताभित्र आफ्नो काममा फर्किन सक्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री